विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा पुगे प्रदीप
_Z4BvMaOhW1.jpg)
समाचार सारांश
- कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा अभिनेता प्रदीप खड्काको सहभागी भएका छन् ।
- उनले फ्रान्सेली फिल्मको रेडकार्पेट र स्क्रिनिङमा भाग लिएका छन् ।
काठमाडौँ । फ्रान्समा विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७८ औँ संस्करण जारी छ । फेस्टिभलमा नेपाली अभिनेता प्रदीप खड्का पनि सहभागी भएका छन् । केही तस्बिर सार्वजनिक गर्दै उनले आफू कान्समा सहभागी भएको जानकारी दिएका छन् ।
कान्स मार्केट र एक फ्रान्सेली फिल्मको रेडकार्पेट प्रिमियरमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । जसअनुसार सोमबार बिहान आयोजित थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा उनी सहभागी भएका छन् ।
कान्समा उनी अभिनित फिल्म ‘एक्लो’ समेत मार्केट (मार्चे दु फिल्म) मा सहभागी छ । स्टल खडा गरेर यो फिल्मका निर्देशक प्रदीप शाही र निर्माताहरू कान्स मार्केटमा छन् । त्यहाँ प्रदीपले फिल्मको प्रवर्धन समेत गर्नेछन् ।
प्रदीपले केही दिन पहिलेबाट फिल्म ‘ऐरी’ को छायाङ्कन थालेका थिए । यसलाई थाती राखेर उनी फेस्टिभलका लागि फ्रान्स पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीय युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
-
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित
-
हत्या गरेर उखुबारीमा फाले, मृतकको चप्पल लगाएपछि खुल्यो घटना
-
इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा ६ जनाको मृत्यु, १४ बेपत्ता