विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा पुगे प्रदीप
सारांश
- कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा अभिनेता प्रदीप खड्काको सहभागी भएका छन् ।
- उनले फ्रान्सेली फिल्मको रेडकार्पेट र स्क्रिनिङमा भाग लिएका छन् ।
काठमाडौँ । फ्रान्समा विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७८ औँ संस्करण जारी छ । फेस्टिभलमा नेपाली अभिनेता प्रदीप खड्का पनि सहभागी भएका छन् । केही तस्बिर सार्वजनिक गर्दै उनले आफू कान्समा सहभागी भएको जानकारी दिएका छन् ।
कान्स मार्केट र एक फ्रान्सेली फिल्मको रेडकार्पेट प्रिमियरमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । जसअनुसार सोमबार बिहान आयोजित थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा उनी सहभागी भएका छन् ।
_rk9hgUkNIH.jpg)
कान्समा उनी अभिनित फिल्म ‘एक्लो’ समेत मार्केट (मार्चे दु फिल्म) मा सहभागी छ । स्टल खडा गरेर यो फिल्मका निर्देशक प्रदीप शाही र निर्माताहरू कान्स मार्केटमा छन् । त्यहाँ प्रदीपले फिल्मको प्रवर्धन समेत गर्नेछन् ।
प्रदीपले केही दिन पहिलेबाट फिल्म ‘ऐरी’ को छायाङ्कन थालेका थिए । यसलाई थाती राखेर उनी फेस्टिभलका लागि फ्रान्स पुगेका हुन् ।
_QSvnbUwWUl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण