एसकेबीसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
सारांश
- ढल्को तेक्वान्दो डोजाङले दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि जितेकाे छ ।
- प्रतियोगितामा रावलहाङ लिम्बु र प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए, सुवास बोहरा उत्कृष्ट प्रशिक्षक र कुमार लावत उत्कृष्ट निर्णायक चुनिए।
काठमाडौँ । दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ । बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा भएको प्रतियोगितामा ढल्को सात स्वर्ण, पाँच रजत र तीन कास्यसहित टिम च्याम्पियन बनेको हो । आयोजक एसकेबीसी तेक्वान्दो क्लब दोस्रो भयो । एसकेबीसीले पाँच स्वर्ण, तीन रजत र १० वटा कास्य पदक जित्यो । बालाजु तेक्वान्दो डोजाङ तेस्रो भयो । बालाजुले चार स्वर्ण, तीन रजत र ६ कास्य पदक हात पार्यो ।
प्रतियोगिताको पुरुषतर्फ जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बु र महिलातर्फ गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए । एसकेबीसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए । कुमार लावत उत्कृष्ट निर्णायक ठहरिए । उत्कृष्ट घोषित चार जनालाई ओप्पो मोबाइल पुरस्कार स्वरुप प्रदान गरियो ।
विजेतालाई टोखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कार वितरण गरे । गुरुङले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए । टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको समापन कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने सङ्घ–संस्था र व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।
एसकेबीसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक रञ्जित डंगौराका अनुसार, प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका गरी पाँच सय सिनियर/जुनियर खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण