रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
_c2bi60Uxuc.jpg)
समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
- न्यायाधीशहरूले बहस छोट्याउन आग्रह गरे पनि लामिछानेका कानुन व्यवसायीहरूले मात्र बहस गरे।
- बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडित र सरकारी वकिलले बहस गर्नेछन् र जवाफी बहस हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ ।
६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको छ ।
मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरूले आजै सक्नेगरी बहस छोट्याउन आग्रह गरे पनि आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याएका हुन् ।
बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडितको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस हुनेछ ।
उक्त बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...
-
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
-
भारतमा २ जना कोभिड संक्रमितको मृत्यु
-
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य
-
जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी पूरा
-
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन