युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
सारांश
- सर्वोच्च अदालतले युएस बङ्गला विमान दुर्घटनाको क्षतिपूर्ति विवादसम्बन्धी मुद्दा अर्को मुद्दाको फैसलापछि पेस गर्न आदेश दिएको छ।
- २०७४ फागुनमा भएको दुर्घटनामा २२ नेपालीसहित ५१ जनाको ज्यान गएको थियो, जसको क्षतिपूर्ति विवाद अदालतमा विचाराधीन छ।
- अदालतले यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले गरेका आदेशहरूलाई पनि विचार गर्दै आएको छ।
काठमाडौँ । २०७४ फागुनमा २२ नेपालीसहित ५१ जनाको ज्यान जाने गरी भएको युएस बङ्गला विमान दुर्घटनाको क्षतिपूर्ति विवादसम्बन्धी २० थान रिटमा सर्वोच्च अदालतले अर्को मुद्दा किनार लागेपछि पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र विनोद शर्माको इजलासले यससम्बन्धी अर्को मुद्दा सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन रहेकाले उक्त मुद्दाको फैसला भएपछि फैसलासमेत सँगै राखी पेस गर्न आदेश भएको सूचना अधिकारी निराजन पाण्डेयले बताए ।
विमान दुर्घटना हुँदा मृत्यु भएका सात जना नेपाली विद्यार्थीका आमाबुवाले काठमाडौँ जिल्ला अदालतमा क्षतिपूर्तिको माग गर्दै रिट दायर गरेका थिए ।उक्त रिटमा जिल्लाले दुर्घटना नेपालमै भएकाले विवाद हेर्ने क्षेत्राधिकार नेपाली अदालतमै भएको आदेश गरेको थियो ।
जिल्लाको उक्त आदेशविरुद्ध विमान सञ्चालक कम्पनी एवं बिमक र पुर्नबिमक कम्पनी उच्च अदालत पाटन पुगेका थिए । उच्चका तत्कालीन न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले नेपालले नै उक्त विवादको न्यायिक निरूपण गरी न्याय सम्पादन गर्न सक्ने आदेश गरेको थियो ।
उच्चको आदेशविरुद्ध विमान सञ्चालक कम्पनी र पुर्नबिमक कम्पनी तथा पीडितका आफन्तले विमान सञ्चालक कम्पनी र पुर्नबिमक कम्पनीविरुद्ध २०७७ जेठमा २० थान रिट दायर भएका थिए ।
रिटमाथि २३ पटक तारेख तोकिएकोमा २०७७ असार १० गते कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश भएको थियो ।२०७७ साउन ११ मा विमान सञ्चालक कम्पनी र पुर्नबिमक कम्पनीको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश भएकोमा त्यसयता हेर्न नभ्याइने र हेर्न नमिल्ने हुँदै आएको थियो ।
यस्तै सोही घटनासँग सम्बन्धित अर्को मुद्दा पनि सर्वोच्चमा रहेकाले सर्वोच्चले अन्य आदेश गर्दै त्यो मुद्दा किनार लागेपछि पेस गर्न आदेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण