राजेशको ‘नरसिंहा अवतार’ लाई क्युएफएक्सले किन दियो थोरै शो ?

समाचार सारांश
- राजेश हमालको कमब्याक फिल्म 'नरसिंहा अवतार' शुक्रबार रिलिज हुँदैछ।
- क्युएफएक्स चेनले फिल्मलाई ३० शो मात्र दिएको छ, जसले गर्दा राजेशका फ्यानहरु निराश छन्।
- वितरक करण श्रेष्ठका अनुसार साँझसम्म शोको संख्या बढ्न सक्ने सम्भावना छ, किनकि क्युएफएक्सले 'मिसनः इम्पोसिबल' लाई प्राथमिकता दिएको छ।
काठमाडौँ । ‘नरसिंहा अवतार’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मबाट अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् । लामो समयपछि राजेशको फिल्म आउन लागेकोले दर्शक फिल्मलाई लिएर उत्साहित छन् ।
फिल्मको लागि कतिपय हलले अग्रिम बुकिङ खुला गरेका छन्, भने कतिले खुला गर्न बाँकी छ । क्युएफएक्स चेनले भने फिल्मका लागि बुकिङ खुलाएको छ । समाचार तयार गर्दा सम्म क्युएफएक्सले फिल्मलाई देशभर ३० शोज छुट्टाएको छ ।
छुट्टाएको ३० बिहान र बेलुकाको धेरै शोज छन् । क्युएफएक्स चेनले छुट्टाएका शोज हेर्दा राजेश हमालको फिल्मलाई हेला गरेको देखिन्छ । यसअघि रिलिज भएका फिल्मलाई क्युएफएक्सले यो भन्दा धेरै शोज दिएको थियो ।
साँझसम्म बढ्न सक्ने फिल्मका वितरक बताउँछन् । क्युएफएक्स चेनले ‘नरसिंहा अवतार’ शोज थोरै र बिहान बेलुकाको समय दिनुको कारण अंग्रेजी फिल्म मिसनः इम्पोसिबल (द फाइनल रेकनिङ) भएको अनुमान गरिएकाे छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।
राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)
-
२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश