बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

चर्चित कमेडी एक्टर जर्ज वेन्ड्टको निधन

बुधबार, ०७ जेठ २०८२, १३ : १५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • प्रसिद्ध अमेरिकी अभिनेता जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा निधन भएको छ।
  • उनी टेलिभिजन सिटकम 'चियर्स' मा नर्म पिटरसनको भूमिकाका लागि परिचित थिए र उनले यसका लागि धेरै अवार्ड जिते।
  • वेन्ड्टले चार दशकभन्दा बढी समय टेलिभिजन उद्योगमा काम गरे र १७० भन्दा बढी टेलिसिरियलहरूमा देखा परे।

लस एञ्जलस । चर्चित अमेरिकी टेलिभिजन अभिनेता जर्ज वेन्ड्टको निधन भएको छ । मंगलबार ७६ वर्षको उमेरमा उनको निधन भएको हो । क्यालिफोर्नियाको स्टुडियो सिटीस्थित आफ्नो घरमा अभिनेताले अन्तिम सास लिएको हो । अभिनेता जर्ज वेन्ड्टलाई दर्शकले टेलिभिजन सिटकम ‘चियर्स’मा नर्म पिटरसनको भूमिकाको लागि सबैभन्दा बढी सम्झिन्छन् । 

एनबीसी न्यूजका अनुसार सिटकम धारावाहिकमा चियर्समा बियर एभरीम्यान नर्म पिटरसनको भूमिकाका लागि उनले लगातार छ पटक प्राइम टाइम एमी अवार्ड प्राप्त गरेका थिए । अभिनेताका प्रवक्ता ज्योफ चेडीले उनको मृत्युको पुष्टि गरेका छन् ।

उनले चार दशकभन्दा बढी समयदेखि टेलिभिजन उद्योगमा पूर्ण समर्पणका साथ काम गरे । जर्ज वेन्ड्ट १७० भन्दा बढी धारावाहिक टेलिसिरियलहरूमा देखा परेका थिए । वेन्ड्ट टेलिभिजनको दुनियाँमा सबैभन्दा चिनिने अनुहारहरूमध्ये एक थिए । 

वेन्ड्टले आफ्नो करियर द सेकेन्ड सिटी कमेडी थिएटरबाट सुरु गरेका थिए । वेन्ड्टले मिसौरीको कान्सास सिटीको रक हस्र्ट कलेजमा अर्थशास्त्र पढेका थिए । 

१९७० को दशकको अन्त्य र १९८० को दशकको सुरुवातमा वेन्ड्टलाई हार्ट टु हार्ट र मेकिङ द ग्रेड जस्ता कार्यक्रमहरूमा अतिथि भूमिकामा कास्ट गरिएको थियो । १९८२ मा उनले चियर्समा ब्रेक पाए ।

चियर्स १९९३ सम्म प्रसारित भयो । १९९४ को फिल्म द लिटिल रास्कल्समा काठ बेच्ने व्यक्ति ज्याकको भूमिका निर्वाह गरेर पनि वेन्ड्टले ख्याति कमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप