सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सुकुम्बासीप्रति सरकारको व्यवहार अमानवीय भएको आरोप लगाए।
- उनले सुकुम्बासीलाई लालपुर्जा, खानेपानी र बिजुली जस्ता आधारभूत सेवा दिनुपर्ने माग गरे।
- साहले सरकारले सुकुम्बासी समस्या समाधान नगरेको र कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाए।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार काठमाडौंको गैरीगाउँमा आयोजित आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको विशेष बैठकमा उनले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, खानेपानी, बिजुली लगायतका आधारभूत सेवा सुनिश्चित गर्नुपर्ने माग राखे।
उनले दुई तिहाई बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुकुम्बासीलाई शुद्ध खानेपानी किन रोकेको हो भनी प्रश्न गर्दै भने, “मत लिने, कर लिने तर खानेपानी र बिजुली नदिने सरकारको व्यवहार मानवता विरुद्धको अपराध हो।”
अध्यक्ष साहले सुकुम्बासी अधिकारका पक्षमा आवश्यक परे निर्णायक संघर्षको घोषणा गर्ने चेतावनीसमेत दिए। “सरकारको वर्तमान भूमिगत भूमिसम्बन्धी आयोग कामै नगर्ने निकाय बनेको छ, जुन अब कार्यकर्ता भर्ना गर्ने थलो मात्र बनेको छ,” उनले आरोप लगाए।
साहले सरकारले बारम्बार आयोग बनाएर पनि सुकुम्बासी समस्या समाधान नगरेको र केवल आफ्ना कार्यकर्तालाई भर्ना गरेर राज्यको ढुकुटी रित्त्याउने काम गर्दै आएको आरोपसमेत लगाए। उनले सुकुम्बासीलाई शीघ्र लालपुर्जा वितरण गर्दै अन्य सेवा–सुविधा सुनिश्चित गर्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण