विषादीको प्रयोग डरलाग्दो रूपमा वृद्धि भएको छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्षदेखि रासायनिक मलको प्रयोगलाई घटाउँदै लैजाने बताएका छन् । खाद्यका लागि कृषि अभियानले एक महिनादेखि सञ्चालन गरेको जैविक कृषि जागरण यात्रा २०८२ लाई बुधबार समापन गर्दै मन्त्री अधिकारी रासायनिक मल प्रयोगको मात्रालाई न्यूनीकरण गर्दै प्राङ्गारिक मलको प्रयोगमा वृद्धि गर्दै जाने नीति लिएको बताए ।
अगामी बजेटमा नै त्यसको व्यवस्था गर्न लागिएको बताउँदै मन्त्री अधिकारीले रासायनिक मललाई एकैपटक हटाउन सकिँदैन तर बिस्तारै कम गर्दै जाने उनले बताए । विषादी प्रयोगलाई न्युनीकरण आवश्यक रहेको बताउँदै उनले यदि न्यूनीकरण गरिएन भने भविष्य राम्रो नहुने बताए । ‘रासायनिक मल पर्याप्त छ, चाहिएको बेला खोजेर ल्याउन सकिन्छ तर प्राङ्गारिकको अभाव छ’ उनले भने, ‘अर्गानिक मल उत्पादन गर्ने र बिस्तारै रासायनिक मल कम गर्दै जाने सरकारको योजना छ ।’
नेपालमा ११ लाख मेट्रिक टन मलको आवश्यकता रहेको बताउँदै उनले सरकारले लगभग साढे चार लाख मेट्रिक टन मल दिन सकिरहेको बताए । उनले मलका लागि यस पटक २७ अर्ब रुपियाँ छुट्टाइएको समेत बताए ।
खाद्यका लागि कृषि अभियानले एक महिने जैविक कृषि जागरण यात्रा २०८२ वैशाख ९ गते सुरु गरेको थियो । बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका २४ वटा जिल्लाको यात्रा गरेको बताउँदै अभियानका संयोजक उद्धव अधिकारीले त्यसक्रममा ६० भन्दा बढी संवाद, अन्तरक्रिया र सभाहरूको आयोजना गरिएको बताए ।
यात्राका क्रममा बिउको समस्या गम्भीर रूपमा देखिएको बताउँदै उनले किसाहरु रैथान, उन्मोचित, सूचीकरण नभएको, हाइब्रिड हुँदै टर्मिनेटेड बिउतर्फ आकर्षित भइरहेको बताए । उनले भने, ‘मल बिउ, विषादी, औजार, प्रविधि र उपजमा अत्यधिक परनिर्भरता देखिन्छ । कृषि यन्त्रमा गरिएका लगानीहरू नतिजाहीन र प्रत्युत्पादक बन्दै गएका छन् ।’
कडा र प्रतिबन्धित विषादीको प्रयोग डरलाग्दो रूपमा वृद्धि भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण