लेखा समिति बैठक
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
बुधबार, ०७ जेठ २०८२, १८ : १७
सारांश
- सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा उठेका प्रश्न र भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ।
- समितिका अनुसार, राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो।
- समितिका सभापति ऋषिकेश पोखरेलले छानबिन गर्ने निकाय समिति नभएकोले अख्तियारलाई निर्देशन दिएको बताए।
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माण लगायतका विषयमा उठेका प्रश्न र भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकपछि सभापति ऋषिकेश पोखरेलले उठेका प्रश्नमाथि अनुसन्धान गर्न समितिले अख्तियारलाई निर्देशन दिएको बताए ।
यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो ।
‘प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका प्रश्नमा अख्तियारलाई छानबिन गर्न समितिले निर्देशन दिएको छ’, पोखरेलले भने, ‘छानबिन गर्ने निकाय समिति नहुने भएकाले यो निर्णय गरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण