लेखा समिति बैठक
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
बुधबार, ०७ जेठ २०८२, १८ : १७

समाचार सारांश
- सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा उठेका प्रश्न र भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ।
- समितिका अनुसार, राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो।
- समितिका सभापति ऋषिकेश पोखरेलले छानबिन गर्ने निकाय समिति नभएकोले अख्तियारलाई निर्देशन दिएको बताए।
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माण लगायतका विषयमा उठेका प्रश्न र भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकपछि सभापति ऋषिकेश पोखरेलले उठेका प्रश्नमाथि अनुसन्धान गर्न समितिले अख्तियारलाई निर्देशन दिएको बताए ।
यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो ।
‘प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका प्रश्नमा अख्तियारलाई छानबिन गर्न समितिले निर्देशन दिएको छ’, पोखरेलले भने, ‘छानबिन गर्ने निकाय समिति नहुने भएकाले यो निर्णय गरेको हो ।’