काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो ।
हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्तै चीन र थाइल्याण्डमा पनि सङ्क्रमण बढ्दै गएको देखिन्छ ।
भारतमा समेत कोभिड १९ देखापरेसँगै नेपालमा पनि पहिलेको जस्तै अवस्था आउने त होइन भनेर चिन्ता बढेको छ । भारत लगायतका एसियाली देशमा कोभिड १९ फैलँदै गर्दा नेपालमा कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना कत्तिको छ ? के अहिले फैलिएको कोरोना सङ्क्रमण घातक छ ? यसै विषयमा हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग कुराकानी गरेका छौँ-
सिंगापुर, भारत लगायतको देशमा सङ्क्रमण बढेको छ । पछिल्लो समय खोपको दायरा बढेकाले पहिलेको जस्तो घातक नभएको अवस्था हो ।
पछिल्लो समय नेपालमा कोरोनाको सङ्क्रमण शून्य छ । तर भारतमा सङ्क्रमण फैलिएको कारणले हामी सजग हुनुपर्ने बेला आएको छ । खुला सिमाना छ । जसका कारण भारतमा बोर्डर एरियामा सङ्क्रमण फैलियो भने नेपालभित्र कोरोना फैलन दुई हप्ता मात्रै लाग्छ । त्यसैले नाकामा हामीले आवश्यक तयारी गरिरहेका छौँ । पहिलेको जस्तो कोरोना घातक हुन्छ, धेरै मानिसको मृत्यु हुन्छ भन्ने चाहिँ होइन । किनभने हामी मध्ये धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छौँ । अस्पतालहरूमा आवश्यक पूर्वाधारहरू छन् पहिलेको जस्तो अवस्था छैन । हामी सुरक्षित छौँ तर लापरबाही भने गर्नुभएन । मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने भने गर्नुपर्छ ।
सुरक्षित छन् । तर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू भने जोखिममा छन् । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । कसैले खोप लगाउनु भएको छैन भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना विरुद्धको खोप नि:शुल्क लगाउन सकिन्छ ।
अहिले भारत, सिंगापुर लगायतका देशमा फैलिएको कोरोना हामीले लगाएको खोपले नै काम गर्ने भेरियन्टको भएको जानकारी पाएका छौँ । पहिलेको जस्तो सङ्क्रामक र घातक पनि छैन । तरपनि नयाँ भेरियन्ट देखिन सक्छ कि भनेर जिन सिक्वेन्सिङ भने गरिरहेका छौ । नयाँ भेरियन्ट देखिएको खण्डमा नयाँ कार्ययोजना बनाएर अगाडि बढ्ने नै छौँ ।
प्रतिक्रिया