दिगो पर्यटन सहकारी प्रकरण
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ
बिहीबार, ०८ जेठ २०८२, १४ : ४७

समाचार सारांश
- प्रहरीले सोह्रखुट्टेस्थित सहकारीबाट ऋण नतिरेको आरोपमा कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ।
- अर्याललाई काठमाडौं जिल्ला अदालतले १ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो, तर उनले अटेर गरे।
- अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य र पर्यटन बोर्डका पूर्व सदस्य हुन्।
काठमाडौँ । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।
२०८० असार २७ मा काठमाडौँ जिल्ला अदालतले उनलाई रकम भुक्तानी गर्न आदेश गरेपनि अर्याल अटेर गरेर बसेका थिए । अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुल्ला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता