दिगो पर्यटन सहकारी प्रकरण
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ
बिहीबार, ०८ जेठ २०८२, १४ : ४७
सारांश
- प्रहरीले सोह्रखुट्टेस्थित सहकारीबाट ऋण नतिरेको आरोपमा कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ।
- अर्याललाई काठमाडौं जिल्ला अदालतले १ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो, तर उनले अटेर गरे।
- अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य र पर्यटन बोर्डका पूर्व सदस्य हुन्।
काठमाडौँ । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।
२०८० असार २७ मा काठमाडौँ जिल्ला अदालतले उनलाई रकम भुक्तानी गर्न आदेश गरेपनि अर्याल अटेर गरेर बसेका थिए । अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण