सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक

समाचार सारांश
- बिहीबार सेयर बजार परिसूचक १९.१४ अङ्कले बढेर २६८८.९१ मा पुगेकाे छ।
- आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो, जसमा १०४ कम्पनीको शेयर मूल्य बढ्यो।
- बैंकिङ समूह ३.९४ प्रतिशतले बढ्दा होटल तथा टुरिजम समूह २.७८ प्रतिशतले घट्यो, मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लाग्यो।
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज समग्र बजार भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ बैङ्किङ समूहको ३.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त समूह २.६१ प्रतिशत तथा म्युचुअल फण्ड ०.१७ प्रतिशत, निर्जीवन बिमा ०.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजम समूह सबैभन्दा धेरै २.७८ घटेको छ ।
आज बजारमा मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावर सबैभन्दा धेरै कारोबार हुँदा कारोबार सङ्ख्या र सेयर सङ्ख्याका आधारमा सबैभन्दा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
-
बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने
-
ऋषिकेशपत्नी अञ्जला जोडिएको ठगी मुद्दाको पेसी तेस्रो पटक सर्यो
-
मधेस प्रदेश मन्त्रिपरिषद् पुनर्गठन
-
कस्तो नीति तथा कार्यक्रम ल्याउने ? बागमती सरकारलाई माओवादीले दियो यस्तो सुझाव
-
हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री