सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक
सारांश
- बिहीबार सेयर बजार परिसूचक १९.१४ अङ्कले बढेर २६८८.९१ मा पुगेकाे छ।
- आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो, जसमा १०४ कम्पनीको शेयर मूल्य बढ्यो।
- बैंकिङ समूह ३.९४ प्रतिशतले बढ्दा होटल तथा टुरिजम समूह २.७८ प्रतिशतले घट्यो, मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लाग्यो।
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक १९.१४ अङ्कले बढेको छ । योसँगै बजार परिसूचक २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज समग्र बजार भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ बैङ्किङ समूहको ३.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त समूह २.६१ प्रतिशत तथा म्युचुअल फण्ड ०.१७ प्रतिशत, निर्जीवन बिमा ०.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजम समूह सबैभन्दा धेरै २.७८ घटेको छ ।
आज बजारमा मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावर सबैभन्दा धेरै कारोबार हुँदा कारोबार सङ्ख्या र सेयर सङ्ख्याका आधारमा सबैभन्दा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण