हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री
बिहीबार, ०८ जेठ २०८२, १८ : ५१

सुर्खेत । हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका लागि कर्णाली सरकारले एक हप्ता (७ दिन) पछि बिहीबार राहत सामग्री पठाएको छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार पाँच सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका राहत सामग्री पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट माग गरे बमोजिम राहत सामग्री पठाइएको उनले बताए । राहत सामग्री गाडीमार्फत पठाइएको छ । हुम्लाको दुर्गम तिलगाउँमा पुग्न केही दिन लाग्ने छ ।
यही जेठ १ गते राति आएको बाढी/पहिरोबाट तिलगाउँमा क्षति पुर्याएको थियो । गाउँ पहिरोको उच्च जोखिममा रहेको छ भने तिल गाउँवासी खोलापारी फाँटमा रहेको विद्यालय र चौरमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?
-
भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ
-
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-
पर्दा पछाडिको उज्यालो : फिल्म हलमा युवा रोजगारी
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल–इरान युद्धले कमोडिटितिर सोझियो लगानी, विश्वभरको शेयर बजार घट्दो