हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री
बिहीबार, ०८ जेठ २०८२, १८ : ५१
सुर्खेत । हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका लागि कर्णाली सरकारले एक हप्ता (७ दिन) पछि बिहीबार राहत सामग्री पठाएको छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार पाँच सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका राहत सामग्री पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट माग गरे बमोजिम राहत सामग्री पठाइएको उनले बताए । राहत सामग्री गाडीमार्फत पठाइएको छ । हुम्लाको दुर्गम तिलगाउँमा पुग्न केही दिन लाग्ने छ ।
यही जेठ १ गते राति आएको बाढी/पहिरोबाट तिलगाउँमा क्षति पुर्याएको थियो । गाउँ पहिरोको उच्च जोखिममा रहेको छ भने तिल गाउँवासी खोलापारी फाँटमा रहेको विद्यालय र चौरमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण