बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्किब्स कप बास्केटबलमा ७५ टोली

शुक्रबार, ०९ जेठ २०८२, १० : ३६
शुक्रबार, ०९ जेठ २०८२

सारांश

  • चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुलले नवौँ स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्दैछ।
  • प्रतियोगितामा ४४ विद्यालयका ७५ टोली सहभागी हुनेछन्, जसमा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

विभिन्न चार विधा समावेश गरिएको प्रतियोगितामा ४४ विद्यालयका ७५ वटा टोलीको सहभागिता रहने जानकारी स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिए । 

प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, सिनियर गर्ल्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा चारवटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

सिनियर ब्वाइज, सिनियर गर्ल्समा र जुनियर ब्वाइजको खेल लिग कम नकआउट आधारमा हुनेछ । स्टाफको खेल भने राउन्ड रोविन लिग पद्धतिमा खेलाइने छ । लगमै हासिल गरेको अंकका आधारमा विजेताको चयन गरिने छ । 

विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकी तीन विधामा नगद पुरस्कार राखिएको छैन । 

प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी स्किब्सका को–ओर्डिनेटर सागर शर्माले दिए । दुई दिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजक विद्यालयको कोर्टमा खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप