शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

त्रिविको उपकुलपति नियुक्त भागबन्डाका आधारमा नगर्न नेविसंघको चेतावनी

शुक्रबार, ०९ जेठ २०८२, १७ : ०५
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भागबन्डा नगर्न माग गरेको छ।
  • नेविसंघले उपकुलपतिको नियुक्ति योग्यताको आधारमा हुनुपर्ने र राजनीतिक हस्तक्षेपको विरोध गरेको छ।
  • नेविसंघले उपकुलपति नियुक्तिको निर्णयमा दलगत निष्ठा र सिफारिसको सट्टा योग्यतालाई प्राथमिकता दिनुपर्ने जनाएको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति भागबन्डाका आधारमा नियुक्त नगर्न नेविसंघले माग गरेको छ। नेविसंघ त्रिवि समितिले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिको नियुक्ति मेरिटोक्रेसी कि सिफारिसतन्त्र ? भन्दै प्रश्न गरेको छ। सो संगठनले त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गरेको हो। 

त्रिभुवन विश्वविद्यालय पुनः राजनीतिक हस्तक्षेप, भागबन्डा र सिफारिसको घेराबन्दीमा पर्न थालेको नेविसंघको भनाइ छ । उपकुलपति नियुक्तिको सन्दर्भमा योग्यता र दूर दृष्टिको सट्टा दलगत निष्ठा र सिफारिसको आधारमा निर्णय गर्न खोजिएकोप्रति नेविसंघले आपत्ति समेत जनाएको छ।

nebisangh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप