त्रिविको उपकुलपति नियुक्त भागबन्डाका आधारमा नगर्न नेविसंघको चेतावनी
शुक्रबार, ०९ जेठ २०८२, १७ : ०५
सारांश
- नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भागबन्डा नगर्न माग गरेको छ।
- नेविसंघले उपकुलपतिको नियुक्ति योग्यताको आधारमा हुनुपर्ने र राजनीतिक हस्तक्षेपको विरोध गरेको छ।
- नेविसंघले उपकुलपति नियुक्तिको निर्णयमा दलगत निष्ठा र सिफारिसको सट्टा योग्यतालाई प्राथमिकता दिनुपर्ने जनाएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति भागबन्डाका आधारमा नियुक्त नगर्न नेविसंघले माग गरेको छ। नेविसंघ त्रिवि समितिले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिको नियुक्ति मेरिटोक्रेसी कि सिफारिसतन्त्र ? भन्दै प्रश्न गरेको छ। सो संगठनले त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गरेको हो।
त्रिभुवन विश्वविद्यालय पुनः राजनीतिक हस्तक्षेप, भागबन्डा र सिफारिसको घेराबन्दीमा पर्न थालेको नेविसंघको भनाइ छ । उपकुलपति नियुक्तिको सन्दर्भमा योग्यता र दूर दृष्टिको सट्टा दलगत निष्ठा र सिफारिसको आधारमा निर्णय गर्न खोजिएकोप्रति नेविसंघले आपत्ति समेत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण