साइबर सुरक्षाको सन्देशसहित सफ्टवारिका कलेजको अभियान
काठमाडौं । डिजिटल सुरक्षाप्रति जनचेतना बढाउन सफ्टवारिका कलेज अफ आईटी एण्ड ई-कमर्सले अनौठो तर प्रभावशाली अभियान सञ्चालन गरेको छ।
बिहीबार देशभरका प्रमुख शहरहरूमा रहेका एलईडी स्क्रिनहरूमा ३० मिनेट लामो भिडियो देखाइएको थियो, जुन सुरुमा डिजिटल आक्रमण जस्तो देखिएको थियो। तर पछि थाहा भयो कि यो एक योजनाबद्ध मार्केटिङ अभियान थियो।
यस भिडियोमार्फत कलेजले आफ्नो बीएससी (अनर्स) एथिकल ह्याकिङ र साइबरसेक्युरिटी कोर्स को प्रचार गरेको हो। अभियानले जनतालाई डिजिटल संसारमा हुने लुकेका खतराहरूका बारेमा जानकारी दिएको छ र साइबर सुरक्षा किन आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएको छ।
सफ्टवारिका कलेजले कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यमा यो डिग्री कार्यक्रम सञ्चालन गर्दैछ। यस कोर्समा विद्यार्थीहरूलाई नेटवर्क सुरक्षा, डिजिटल फोरेन्सिक, मालवेयर विश्लेषण लगायतका विषयमा व्यावसायिक तालिम दिइनेछ।
सैद्धान्तिक अध्ययन र प्रयोगात्मक सिकाइको राम्रो संयोजन रहेको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर खतरा चिन्न, रोक्न र समाधान गर्न सक्षम हुने कलेजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण