शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

तेस्रो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्मको आम्दानी कति ?

शुक्रबार, ०९ जेठ २०८२, १७ : ४४
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • चलचित्र 'ऊनको स्वीटर' प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ। यो फिल्म १२० भन्दा बढी शोका साथ देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ।
  • आर्टमाण्डू नेपाल प्रालिका अनुसार, फिल्मले दुई हप्तामा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ संकलन गरेको छ।
  • नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शो सहित फिल्म तेस्रो सातामा प्रवेश गरेको निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले जानकारी दियो ।

आर्टमाण्डूका अनुसार फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मले ओभरसिज कलेक्सन पनि राम्रो गरेको दाबी निर्माण युनिटको छ । तर कति सार्वजनिक गरिएका छैन ।

नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गीमगर र सुनिल पोखरेल लगायतको अभिनय छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप