सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ : अध्यक्ष प्रचण्ड
सारांश
- प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनआक्रोश बढेमा ठूलो जनआन्दोलन हुने चेतावनी दिए।
- उनले सरकारले जनताको आक्रोशलाई समयमै सम्बोधन नगरे विद्रोहको स्थिति आउन सक्ने बताए।
- प्रचण्डले माओवादीलाई बलियो बनाउन देश दौडाहामा लागेको र भ्रष्टाचार अन्त्य गर्ने दाबी गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठुलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरणा कार्यक्रम अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठुलो जनआन्दोलनको स्थिति बन्ने बताएका हुन् ।
उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी मात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठुलो जनविद्रोह गर्ने चेतावनी दिए । विगतमा पनि माओवादीले राखेका मुद्दाहरूलाई राज्यले गम्भीर रूपमा नलिँदा १० वर्षे जनयुद्ध भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा गरेको कयौँ कामहरू अहिलेको सरकारले बिगारेको समेत बताए ।
माओवादीलाई बलियो बनाउन पार्टीका सबै नेताहरू देश दौडाहामा हिँडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण