नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला

नयाँ दिल्ली । दिल्लीस्थित बवाना नजिक रहेको सीआईएसएफ क्याम्पको छेउबाट बग्ने मुनक नहरमा बिहीबार डुबेका चारै जना किशोरको मृत्यु भएको छ । तीमध्ये दुई दाजुभाइको शव शुक्रबार बिहान उद्धार टोलीले नहरबाट निकालेको हो ।
चारै जना गाजियाबादको लोनी क्षेत्रका बासिन्दा थिए । र हाल बाह्य दिल्लीको कटेवरा गाउँको गोशालामा उनीहरू आफन्तसँग बस्दै आएका थिए ।
बिहीबार मध्याह्न नहरमा नुहाउने क्रममा एक किशोर डुब्न थालेपछि उनलाई बचाउने प्रयासमा अन्य तीन जना पनि डुबेका थिए। प्रारम्भिक खोज अभियानमा दुई किशोर समद र सुहैलको शव घटनापछि केही घण्टामै निकालिएको थियो । तर अन्य दुई –१८ वर्षीय जावेद र १७ वर्षीय शावेज खान – को खोजी कार्य शुक्रबार बिहान पुनः सुरु गरिएको थियो ।
शुक्रबार बिहान करिब ११ बजे जावेदको शव फेला पारिएको र त्यसको तीन घण्टापछि शावेजको पनि शव निकालिएको उद्धार टोलीले जनाएको छ। दुई दाजुभाइको शव एकैसाथ देखेपछि परिवारमा रुवाबासी मच्चिएको थियो।
जावेद र शावेजका पिता वकिलले उद्धार कार्य ढिला सुरु भएको आरोप लगाउँदै समयमा गोताखोरहरू नआएको गुनासो गरेका छन् । समदका पिता अब्बासका अनुसार, चारै जना किशोर नहरनजिकै रहेको खेतमा गाईबस्तुका लागि घाँस काट्न गएका थिए। त्यही क्रममा उनीहरू नहरमा नुहाउन गएका थिए।
उद्धार कार्यकै दौरान शुक्रबार फेरि दुई किशोर नहरमा नुहाउने क्रममा डुब्न थालेका थिए । गोताखोरहरूको सतर्कताका कारण दुवैलाई समयमै बचाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ती किशोरहरू पनि आपसमा दाजुभाइ भएको खुलेको छ । उनीहरू स्कुल झोलासहित नहरमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते