आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोरम्बा–सैलुङ : शोकपूर्ण पर्यटनको उत्कृष्ट गन्तव्य

आइतबार, ११ जेठ २०८२, १५ : ३९
आइतबार, ११ जेठ २०८२

पर्यटन अर्थात् सोद्देश्य घुमफिर । गहन र क्लिष्ट परिभाषातिर नलाग्ने हो भने सामान्यतः समय बिताउन, आनन्द लिन, व्यापार, व्यवसाय गर्न, समय व्यतीत गर्न वा बिदा मनाउन स्थायी बसोवासभन्दा अन्यत्र यात्रा गरी मारिने फन्को नै पर्यटन हो भन्दा अत्युक्ति नहोला । तीर्थाटन, देशाटन, आखेट वा बिहार जेसुकै हुन्— यी सबै पर्यटकीय गतिविधि नै हुन् । 

यस वर्ष मैले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले संयोजन गर्ने गरेका पर्यटकीय गतिविधिमा भाग लिने वा केही स्थलको भ्रमण गर्ने अवसर पाएँ । 

विशेषतः सूर्यगढी, सैलुङ, डाँडाकटेरी, दोरम्बा, खाँडादेवी लगायत उत्कृष्ट ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थानहरूको अवलोकन भ्रमण गरियो । 

राजधानीबाट जम्मा ८५ किमिको दूरीमा रहेको १६३२ मि। उचाइमा अवस्थित सूर्यगढी अत्यन्त दर्शनीय स्थल हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ । यसको भ्रमणले हामीलाई रोमाञ्चित बनायो । 
यस्तै, ३२५० मिटर उचाइमा अवस्थित सैलुङ हिन्दु एवम् बौद्धमार्गीहरूको पवित्र सङ्गमस्थल हो । सैलुङ अर्थात् ‘से’ (देवता) र ’लुङ’ (आगम) । देवागम अर्थात् ‘देउता उत्पत्ति स्थल’ । अझ ‘सय’, ‘लुङ’ (थुम्को) भन्दाभन्दै अपभ्रंश भएर सैलुङ बनेको भन्ने जनविश्वास पनि व्याप्त छ । 

सैलुङ गुम्बा, सैलुङ महादेव, धर्म गुफा, गाईको खुर, धर्म ढोका, महादेव मन्दिर, डाँफे ढुङ्गा, गाई ढुङ्गा, बाघ ढुङ्गा– कति हुन् कति दर्शनीय कुरा त । जडीबुटी, सुनाखरी र गुराँसको त झन् के लेखा र १ 
रामेछापको दोरम्बा–सैलुङ गापा जहाँ अग्लेश्वर महादेवदेखि सानो सैलुङ र कण्ठेश्वरसम्म दर्शन गर्न पाइन्छ । दोरम्बा अर्थात् ‘दो’ ९दुई० र ‘रम्बा’ ९माने० । तामाङ संस्कृति अनुसार ‘माने’ भनेको पूजा गर्ने पवित्र स्थान हो । 

दोरम्बाको अर्को आकर्षण भनेको ‘डार्क टुरिजम’ अर्थात् ‘शोकपूर्ण पर्यटन’ पनि हो । केही यायावरहरू त्यस्ता अनौठा स्थलहरू परिभ्रमण गर्न उद्वेलित हुन्छन्, जहाँ कुनै प्रकारको त्रासदी, ठुलो विपत्ति वा नरसंहार भएको छ ।

दोरम्बाको अर्को आकर्षण भनेको ‘डार्क टुरिजम’ अर्थात् ‘शोकपूर्ण पर्यटन’ पनि हो । केही यायावरहरू त्यस्ता अनौठा स्थलहरू परिभ्रमण गर्न उद्वेलित हुन्छन्, जहाँ कुनै प्रकारको त्रासदी, ठुलो विपत्ति वा नरसंहार भएको छ । हो, तिनका निम्ति डडुवाको डाँडाकटेरीमा निर्मित सहिद स्मारक एउटा उपयुक्त गन्तव्य बन्न सक्छ । स्मारक अवलोकन गरेपछि आन्तरिक पर्यटकलाई इतिहासको एउटा कालखण्डमा भएको क्रूरता र यसबाट सिक्नुपर्ने पाठबारे अवगत हुन सक्छ । अन्तर्राष्ट्रिय घुमन्तेका निम्ति एउटा तन्त्रले गरेको आततायी वारदातबारे अनुसन्धान र अन्वेषण गर्ने कडी बन्न सक्छ । 

दाङको हापुरेमा शान्तिवार्ता चलिरहेका बखत २०६० साउन ३२ गते स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बैठक गर्दागर्दै तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेलको कमान्डमा आएको सैनिक टोलीले घर घेरा हालेर २१ जना माओवादी विद्रोहीलाई पक्राउ गरेको थियो । आफ्नो कब्जामा रहेका तिनै लडाकुहरूको हात पछाडि बाँधेर लाम लगाई हिँडाइएको र स्थानीय डडुवा, डाँडाकटेरीमा पुगेपछि शाही नेपाली सेनाले ती सबै माओवादी कार्यकर्तालाई बीभत्स ढङ्गले कत्लेआम गरेको भूगोल हो त्यो । 

त्यही आततायी घटनाको १६ वर्षपछि (२०७६ सालमा) सहिद परिवार र स्थानीय बासिन्दाको आग्रहमा निर्माण गरिएको थियो, आज अवलोकन गर्न सकिने सहिद स्मारक । मानवीय स्मृतिमा त छँदै छन् ती सहिदहरू तर त्यो बीभत्स नरसंहारलाई स्मरण गर्न र अब यस्तो कहिल्यै नहोस् भन्ने मनन गर्नका निम्ति पनि दोरम्बा–सैलुङ एक अब्बल थलो बन्न सक्छ । अझ अग्लेश्वरदेखि कण्ठेश्वर महादेवसम्म अवलोकन र आराधना गर्न दोरम्बा एउटा उपयुक्त गन्तव्य हुन सक्छ । उता सानो सैलुङले पनि मूल सैलुङको झल्को मेटाउने नै भो । यसरी ओझेलमा रहेका तर घुमफिर गर्नैपर्ने अन्य स्थानको प्रवर्धनमा पनि भिटोफ–नेपालले चासो देखायो भने यो एउटा अनुकरणीय सुकर्म साबित हुनेमा शङ्का छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधव घिमिरे ‘अटल’
माधव घिमिरे ‘अटल’
लेखकबाट थप