मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप
काठमाडौँ । मिस इङ्गल्यान्ड २०२५ की प्रतिस्पर्धी मिला म्यागीले मिस वर्ल्ड पेजेन्टको बिचमै हैदराबादबाट फिर्ता हुँदै प्रतियोगिता छाडेकी छिन् ।
२४ वर्षीया म्यागीले बेलायतको चर्चित पत्रिका ‘द सन’सँगको अन्तर्वार्तामा मिस वर्ल्ड आयोजकमाथि गम्भीर आरोप लगाएकी छन् । उनका अनुसार आयोजकहरूले उनलाई प्रायोजक तथा फाइनान्सरहरूसँग ’सम्बन्ध विस्तार गर्न’ दबाब दिएको बताइन् ।
म्यागीले भनेकी छन्, ’पेजेन्टमा मलाई यस्ता काम गर्न बाध्य पारियो, जसले मलाई वेश्याजस्तो महसुस गरायो । हामी सामाजिक विषयमा बोल्न आएका थियौँ, मनोरञ्जन दिन होइन ।’ उनका अनुसार प्रतियोगितामा सहभागी १०९ जना युवतीहरू दिक्कलाग्दो खालका भएकाले सधैँ सजिएर बस्दिनुपर्ने, मुस्कुराइरहनुपर्ने र पाहुनालाई खुसी बनाइरहन दबाब दिने गरिन्थ्यो ।
’हामीलाई दिनभर भारी गाउन (लुगा) र ब्रेकफास्टको समयमा पनि मेकअपमा रहन भनिन्थ्यो, हरेक टेबलमा ६ पाहुना र २ प्रतियोगी राखिन्थ्यो, जहाँ हामीलाई पाहुनालाई रमाइलो गराउन भनिन्थ्यो,’ उनले भनिन् ।
मिस वर्ल्ड आयोजकको प्रतिक्रिया
मिस वर्ल्डकी सीईओ तथा चेयरपर्सन जुलिया मोर्लेले २४ मेमा आधिकारिक वक्तव्य जारी गर्दै म्यागीका आरोपहरू अस्वीकार गरेकी छन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ,’मिला म्यागीले आफ्नी आमाको स्वास्थ्य समस्याका कारण प्रतियोगिता छाड्ने निर्णय गरेकी हुन् । सङ्गठनले परिस्थितिलाई बुझ्दै उनको स्वदेश फिर्तीको व्यवस्था गर्यो।’
उक्त वक्तव्यमा म्यागीका आरोपहरू पूर्ण रूपमा झूटा र अपमानजनक भएको दाबी गरिएको छ । सङ्गठनले बेलायती मिडियामाथि गलत रिपोर्टिङ गरेको आरोपसमेत लगाएको छ ।
म्यागीले छाडेपछि रनर–अपलाई मौका
म्यागीले प्रतियोगिता छाडेपछि मिस इङ्गल्यान्डकी रनर–अप चार्लोट ग्रान्टले उनको स्थान लिएकी छन् । जसको फिनाले ३१ मेमा हुँदै छ । प्रतियोगिता अन्तिम चरणमा पुगिसकेको अवस्थामा प्रतिनिधि परिवर्तनले इंगल्यान्डको दाबेदारीमा असर पर्ने सम्भावना देखिएको छ ।
मिस वर्ल्डको ७४ वर्षको इतिहासमा मिस इंगल्यान्डको प्रतिनिधि परिवर्तन गरिएको पहिलोपटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण