पाकिस्तानका प्रधानमन्त्री शाहबाज र टर्कीका राष्ट्रपतिबिच भेटघाट
सारांश
- पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र टर्कीका राष्ट्रपति एर्दोगानबीच इस्तानबुलमा भेटवार्ता भयो, जसमा भारतविरुद्धको समर्थनका लागि धन्यवाद दिइयो।
- भेटमा दुई देशले आतंकवादविरुद्ध मिलेर लड्ने, व्यापार बढाउने र ऊर्जा, यातायात र रक्षा क्षेत्रमा सहयोग बढाउने सहमति जनाए।
- एर्दोगानले कश्मीर मुद्दामा दुवै देशले चाहेमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे, साथै इस्तानबुल-तेहरान-इस्लामावाद रेलवे लाइन सुधार गर्ने कुरामा जोड दिए।
इस्तानबुल । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आइतबार राति इस्तानबुलमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भेटेका छन् । यस क्रममा भारतविरुद्ध समर्थन गरेकोमा शाहबाजले टर्कीलाई धन्यवाद दिए । भेटका क्रममा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गरे ।
‘टर्की र पाकिस्तानले आतङ्कवाद विरुद्ध मिलेर लड्न जारी राख्नेछन् । दुबै देशले एक अर्कालाई तालिम, गुप्तचर र प्राविधिक सहयोग प्रदान गर्नेछन् । यसले दुवैलाई फाइदा पुर्याउनेछ । टर्की–पाकिस्तान व्यापारलाई ५ अर्ब डलर पुर्याउन ठोस कदम चालिनेछ । ऊर्जा, यातायात र रक्षा क्षेत्रमा सहयोग बढाइनेछ’ एर्दोगानले भने ।
इस्तानबुल–तेहरान–इस्लामावाद रेलवे लाइनमा सुधार गरिने पनि एर्दोगानले बताए । साथै, शिक्षा क्षेत्रमा ठोस कदमहरूले दुई देशबिचको सम्बन्धलाई अझ बलियो बनाउने पनि भनियो ।
२२ अप्रिलमा पहलगाम आक्रमणपछि भारत–पाकिस्तान तनाव बढ्दा टर्की र अजरबैजानले खुलेआम पाकिस्तानलाई समर्थन गरेका थिए । शरीफ शनिबारदेखि टर्की, इरान, अजरबैजान र ताजिकिस्तानको भ्रमणमा छन् । शरीफले मे २९–३० मा ताजिकिस्तानको राजधानी दुशान्बेमा हुने हिमनदीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भाग लिनेछन् ।
एर्दोगानले मे १७ मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग कश्मीर मुद्दाको बारेमा कुरा गरेका थिए । उनले कश्मीर समस्या समाधान गर्न आफूले हरसम्भव प्रयास गरिरहेको पनि बताएका थिए । दुवै देशले अनुरोध गरेमा आफूले कश्मीर मुद्दामा भूमिका खेल्ने पनि उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण