युवा संघ चुनाव: ५ महिला सदस्यमा २ जनाको मात्रै उम्मेदवारी, लेखा आयोग उपाध्यक्ष सहित ४३ निर्विरोध
सारांश
- राष्ट्रिय युवा संघको दसौँ अधिवेशनमा ४३ जना निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोग उपाध्यक्ष र सचिव पदमा समेत उम्मेदवारहरु निर्विरोध चयन भएका छन्।
- कोशी, लुम्बिनी लगायतका विभिन्न प्रदेशबाट भूगोल र महिला सदस्यहरु निर्विरोध भएका छन्। उम्मेदवारहरुको अन्तिम नामावली घोषणा हुन बाँकी छ।
- युवान्तिका राई र कला राई महिला कोटामा केन्द्रिय सदस्य निर्विरोध भएका छन् भने विभिन्न जिल्लाबाट भूगोल सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन्।
पोखरा । राष्ट्रिय युवा संघको दसौँ अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली तयार हुँदैछ । मनोनयनको सर्टलिष्ट हेर्दा प्रारम्भिक चरणमै ४३ जना निर्विरोध भएका छन् । लेखा आयोग उपाध्यक्ष र सचिव सहित विभिन्न पदमा निर्विरोध भएका हुन् ।
लेखा उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध भएका छन् । ५ महिला सदस्य चाहिनेमा २ जनाले मात्रै मनोनयन दिए । युवान्तिका राई र कला राई महिला कोटामा केन्द्रिय सदस्य निर्विरोध भएका छन् ।
अन्य निर्विरोध हुनेमा भूगोल र महिला बढी छन् । कोशीबाट जिल्ला खुला सदस्य भूगोलतर्फ ताप्लेजुङमा मनोज लिम्बू, पाँचथर गणेश योङहाङ, इलाम नागेन्द्र श्रेष्ठ, झापामा खगेन्द्र राज आङदम्बे निर्विरोध भए । यस्तै, सुनसरीबाट दिवस राई, उदयपुर तुल्सीराम चौलागाईं, ओखलढुंगा बिनोद खत्री, सोलुखुम्बु राजु खड्का पनि निर्विरोध भएका छन् । कोशीबाटै महिामा सुमना लिवाङ, अनुपमा राई, कान्ता भट्टराई, बिपना बुढाथोकी, रमिला नेपाल, सोफिया लिम्बू र सुम्निमा खातुनको मात्रै मनोनयन परेको छ ।
भूगोल सदस्यमा पर्साका रवि गुप्ता, भक्तपुर रविन थापा क्षेत्री, रसुवा सुरज गुरुङ, दोलखा सुजन श्रेष्ठ, गोरखा प्रवीण अधिकारी, मनाङ मदन गुरुङ, मुस्ताङ केसाङ ठोक्या ठकुरी, रुकुम पुर्व हेमराज केसी, दाङ फुर्पा लामा, बर्दिया रमेश रावल निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट महिला सदस्यमा कल्पना पाण्डे मगर, पुर्णिामा बुढाथोकी, मिनाकुमारी बिसी, पूजा थारु, श्रद्धा कुँवर क्षेत्री र लक्ष्मी बुढा निर्विरोध भएका छन् ।
यता भूगोल सदस्यमै डोल्पाबाट पाण्डप महतरा, मुगु जनकराज राउत, रुकुम पश्चिम गंगाराम रोकाया, कंचनपुर रोहित कुँवर, डडेल्धुरा भरत मल्ल तथा अन्तरजिल्ला विशेष प्रदेशको महिला सदस्यमा सोनु बराल र विन्दु शर्मा निर्विरोध भएका छन् । यद्यपि उनीहरूको नाम घोषणा गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण