प्रचण्डको दाबी– महिन्द्रजीकै सल्लाहमा गंगानारायण समूहसँग पार्टी एकता भएको हो
सारांश
- प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पनि एकता प्रक्रियामा आउने विश्वास व्यक्त गरे।
- प्रचण्डले प्राविधिक कारणले यादव समूह एकतामा नजोडिएको र उनीसँग छलफल भइरहेको बताए।
- प्रचण्डले एमालेसँगको एकता सैद्धान्तिक रूपमा सही भएको र केही शक्तिले एकता भत्काउन खोजेको आरोप लगाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेका छन् । सोमबार नेसपा (गंगानारायण श्रेष्ठ) समूहसँग एकता सभालाई सम्बोधन गर्दै उनले यादव समूह पनि एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेका हुन् । अध्यक्ष यादवसँग सल्लाह गरेर नै श्रेष्ठ समूहसँग एकता गरेको दाबी गर्दै उनले प्राविधिक कारणले यादव समूह एकता प्रक्रियामा नजोडिएको बताए ।
‘महिन्द्र राय यादवसँग हिजो र आज पनि छलफल भइराखेको छ । उहाँसँग सल्लाह भएर नै एकता प्रक्रियामा जोडिएको हो । केही प्राविधिक कारणले माओवादी नामका कारणले उहाँलाई अप्ठ्यारो लाग्यो । आज बिहान मात्र कुरा भएको छ । केही तिक्तता र नमिठो मान्ने कुरा छैन । महिन्द्रजीले पनि बाहिर बोलिनै राख्नुभएको छ भोलि म पनि जाने माओवादी केन्द्रमै हो । म आशा गर्छु उहाँ पनि एकता प्रक्रियामा आउनुहुन्छ’, उनले भने ।
नेपालमा समाजवादी क्रान्ति मौलिक ढङ्गले गर्ने उद्देश्यसहित २०७४ सालमा एमालेसँग एकता गरेको तर केही विरोधीहरूले विभाजन गरेको उनले आरोप लगाए । एमालेसँगको एकता सैद्धान्तिक रूपमा सही भएको प्रचण्डको जिकिर छ ।
‘एमालेसँग एकता गर्नु सैद्धान्तिक रुपमा गलत भएको मैले ठानेको छैन । पार्टी र जनताले अनुमोदन गरेको थियो । दुई तिहाइ मत पाएका थियौँ । समाजवादको आधार तय गर्न ठुलो अवसर मिलेको थियो । झन्डै ९५ प्रतिशत एकतालाई अगाडि बढाउन सकारात्मक थिए । केहीलाई मन परेको थिएन । उनीहरूले एकता भत्काउन लागि परे । यसमा केही देशी विदेशी शक्ति पनि लागि परे’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण