‘ऊनको स्वीटर’ हेरेपछि अस्कर मनोनीत निर्देशक एरिक भ्यालीले के भने ?
काठमाडौँ । प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् ।
उनले चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् । उनले नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी लागेको समेत बताएका छन् । ‘मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ ।
मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ । तर यस चलचित्रमा त्यो पाइनँ’, उनले अगाडि भने ‘यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो ।’
भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली चलचित्रमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले थपेका छन्, ‘नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली चलचित्रका प्रमुख आशा हुन् ।’
नवीन चौहान निर्देशित चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।
आर्टमाण्डूले निर्माण गरेको चलचित्र अहिले तेस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण