मोबाइल लुटमा संलग्न ३ जना पक्राउ
सोमबार, १२ जेठ २०८२, १६ : १२

समाचार सारांश
- काठमाडौंको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
- पीडितलाई कुटपिट गरी वान प्लस मोबाइल लुटेको घटनामा उनीहरु संलग्न थिए।
- पक्राउ परेका व्यक्तिहरू यसअघि पनि लुटपाट तथा चोरीका विभिन्न घटनामा संलग्न रहेको खुलेको छ।
काठमाडौँ । काठमाडौँको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
-
गणतन्त्र दिवसका दिन अभिनेत्री मनीषा कोइराला लेख्छिन्-‘संवैधानिक राजतन्त्र आवश्यक छ’
-
संसद् बैठक बस्नुअघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै
-
फाइनल प्रवेशको लक्ष्यसहित प्ले–अफ चरणमा पहिलो पटक भिड्दै पन्जाब र बेंगलुरु
-
लस एन्जलसको ‘हाउस अफ ब्लुज’ मा गुन्जियो नेपथ्यको लोक रक
-
‘निजी क्षेत्रको मनोबल बढाउने गरी आउँदै छ उद्योग मन्त्रालयको बजेट’