पर्यटकीय मार्ग छेडा–कल्याणकाँध सडक शिलान्यास
_jmja0zCdwU.jpg)
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उहाँले शिलान्यास गर्दै विकासका काम भइरहँदा कर्मचारी र सरकारको भर नपरी यसमा सबैले साथ दिनुपर्ने बताए ।
मुख्यमन्त्री कँडेलले भने, “समुदायले विकास मेरा लागि हो भन्ने सम्झनुपर्दछ । प्रदेश सरकार यहाँका पूर्वाधार आवश्यकता पूर्ति गर्न निर्बाध अगाडि बढेको छ । विकास जनप्रतिनिधि र कर्मचारीले मात्रै गर्ने नभई हामी सबैको हो भन्ने सोचसहित सहयोग गर्न सबैलाई आग्रह छ ।”
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकको गढीदेखि कल्याणकाँधसम्म निर्माण हुने सात किमी सडकले यहाँका स्थानीयको दैनिकीमा सहजता ल्याउने मुख्यमन्त्री कँडेलको विश्वास छ ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले करिब रु आठ करोडमा निर्माण हुने उक्त सडक तीन हजार पाँच सय मिटर पक्की र सोही बराबर दूरीमा ग्राभेल सडक निर्माण हुने जानकारी दिए।
उनका अनुसार गत वैशाख २२ गते सम्झौता भएर सडक निर्माणको जिम्मा बिआईएस कन्स्ट्रक्सन प्रालि काभ्रेपलाञ्चोकले लिएको छ । सडक निर्माण अवधि विसं २०८३ असार मसान्तसम्म रहेको निर्देशक शाहीले बताए।
प्रालिका प्रतिनिधि अमृत गौतमले कुनै समस्या सिर्जना नभएमा तोकिएकै समयमा आयोजना सम्पन्न हुनेगरी काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
-
संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस
-
बागमती सरकारद्वारा १४७ वटा सडक पुल निर्माण
-
सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल
-
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
-
नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने गरी अघि बढिरहने आइएमईका संस्थापकहरूको प्रतिबद्धता