शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजार

सडक निर्माणमा विदेशी ब्रान्डलाई टक्कर दिइरहेको ‘डल्फिन’

मङ्गलबार, १३ जेठ २०८२, १५ : ०९
मङ्गलबार, १३ जेठ २०८२

सारांश

  • सडक निर्माणमा प्रयोग हुने बिटुमिनको गुणस्तरमाथि उठ्ने प्रश्नलाई समाधान गर्न नेपाली ब्रान्ड 'डल्फिन' बिटुमिन उत्पादन सुरु गरिएको छ।
  • डल्फिन बिटुमिन भारतबाट आउने भएपनि गुणस्तर परीक्षण गरी बिक्री वितरण गरिन्छ, जसले गर्दा उपभोक्तामाझ यसको विश्वास बढ्दै गएको छ।
  • कम्पनीले भीजी-१०, भीजी-२०, भीजी-३० र भीजी-४० गरी चार प्रकारका बिटुमिन बिक्री गर्दै आएको छ, र यसको प्रयोग ग्वार्को फ्लाइओभर, फास्ट ट्रयाक लगायतका सडकमा भइरहेको छ।

काठमाडौँ । सडक निर्माणको एउटा महत्त्वपूर्ण काम हो कालोपत्रे । नेपालमा कालोपत्रेको गुणस्तरबारे वेला–वेलामा प्रश्नसमेत उठ्ने गरेको छ । 

भर्खरै निर्माण भएको सडकको कालोपत्रे उप्किएको घटना भन्दै यदाकदा सामाजिक सञ्जालमा छरपस्ट हुने गरेका छन् । यसमध्ये एउटा प्रमुख कारण बिटुमिन हुने गरेको छ । 

निर्माण व्यवसायीले गुणस्तरीय बिटुमिन छान्न नसक्दा र छानेर पनि सही ढंगले प्रयोग गर्न नजान्दा यसले निर्माणको गुणस्तरमा प्रश्न उठ्ने ठाउँ बनाएको छ । यसलाई समाधान गर्ने उद्देश्यले नेपाली ब्राण्डमै गुणस्तरीय बिटुमिनको उत्पादन सुरु भएको छ, जसको नाम हो– डल्फिन । 

बिटुमिन सामान्यतया पेट्रोलियम पदार्थको एउटा बाई–प्रोडक्ट हो । त्यसैले यो पेट्रोलियम उत्पादन गर्ने अधिकांश राष्ट्रमा उत्पादन हुन्छ । अरू देशले त्यसको प्रशोधन गरी बिक्रीवितरण तथा प्रयोग गर्छन् । तर, अरु पेट्रोलियम प्रोडक्टजस्तै यसको गुणस्तरले समेत धेरै महत्त्व राख्ने डल्फिन बिटुमिनको बिक्रेता कम्पनी ‘अरविन्द इम्पोरियम प्रा.लि.’का प्रबन्ध निर्देशक अनुपम गोयल बताउँछन् ।

डल्फिन ब्राण्डमा बिटुमिन उत्पादन सुरु भएको विगत तीन वर्षदेखि हो । एचआर गोयल ग्रुप अन्तर्गतको यो कम्पनीले बिटुमिनमा काम गरेको भने ६ वर्ष भयो । सुरुमा विदेशी ब्राण्डबाटै कारोबार गरेकोमा विश्वसनीयता कायम गर्न नेपाली ब्राण्ड सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक गोयलले बताए ।

‘नेपालमा राम्रा इन्डियन ब्राण्डको नाममा डुक्लिकेट बिटुमिन बिक्री हुन थाल्यो । यसले निर्माण व्यवसायी र ग्राहकलाई समेत कुन राम्रो भनेर छान्न समस्या भयो,’ गोयलले भने, ‘हामी नेपाली ब्राण्ड हौँ, त्यसैले हाम्रो प्रोडक्ट कसैले डुब्लिकेट गर्न सक्दैन । गुणस्तर सुनिश्चित गरेर हामी प्रोडक्ट दिन सक्छौँ ।’

नेपालमा आउने अरु बिटुमिनजस्तै ‘डल्फिन’ पनि भारतबाटै आउँछ, तर भारतबाट लोड भएको प्रत्येक गाडीमा बिटुमिनको गुणस्तर टेस्टिङ गरिन्छ । नेपाल आइसकेको गाडीमा पनि ‘रेन्डमली’ नमुना लिएर परीक्षण गर्ने गरिएकाले यसमा गुणस्तरको सुनिश्चितता कायम हुने उनको भनाइ छ । 

अहिले भीजी–१०, भीजी–२०, भीजी–३० र भीजी–४० गरी चार प्रकारका बिटुमिन बिक्री गर्दै आएको गोयलले बताए । सडक क्षमता, वातावरणको तापक्रम लगायत आधारमा कुन बिटुमिन प्रयोग गर्ने निर्धारण हुने उनको भनाइ छ । बिटुमिन जाँचका लागि कम्पनीसँग आफ्नै मोबाइल ल्याब छ । यो ल्याब सडक विभागसँग भएको ल्याबकै स्तरको भएको उनको दाबी छ ।

गोयलले सम्बन्धित ठाउँमै गएर बिटुमिनको टेस्टिङ गर्ने र प्रयोगबारे सुझाव दिने काम आफूहरूले गरिरहेको बताए । त्यसैले बिटुमिनमा बिक्रीपछिको सेवा दिने एकमात्रै कम्पनी आफूहरू भएको उनको भनाइ छ । 

गोयलका अनुसार केही दिनअघि कालोपत्रे भएको ग्वार्को फ्लाइओभरमा यही बिटुमिन प्रयोग भएको छ । त्यस्तै, फास्ट ट्रयाकमा यही बिटुमिन प्रयोगका लागि सर्टिफाइड भइसकेको छ । मदन भण्डारी लोकमार्ग, नागढुंगा सुरुङमार्ग, जनकपुर–महेन्द्रनगर सडक, अरनिको राजमार्ग तथा हुलाकी राजमार्गमा समेत यसको प्रयोग भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र भैरहवा डिपोमार्फत ५७ भन्दा धेरै जिल्लामा यो बिटुमिन प्रयोग भइसकेको छ । 

अहिले नेपालमा वार्षिक करिब एक लाख ५ हजार टन बिटुमिन आयात भइरहेको छ । त्यसमध्ये आफूले मात्रै २२ हजार टन बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । यो झण्डै १५ प्रतिशत बराबरको बजार हिस्सा हो । गत वर्षदेखि कम्पनीले यो ब्राण्डको बिटुमिन भुटानमा समेत निर्यात सुरु गरेको छ । 

अहिलेसम्म करिब एक हजार टन निर्यात भइसकेको प्रबन्ध निर्देशक गोयल बताउँछन् । उनले भने, ‘क्वालिटीको एस्योरेन्स र आफ्टर सेल्स सर्भिसको कारणले हाम्रो ब्राण्डप्रतिको विश्वास बढिरहेको छ । यसले ले गर्दा हरेक वर्ष हाम्रो मार्केट सेयर पनि बढ्दै गएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप