शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

उपेन्द्र यादव मलेसिया जाँदै

मङ्गलबार, १३ जेठ २०८२, १८ : ०५
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् ।

आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा सहभागी हुन अध्यक्ष यादव शनिबार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ ।  विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ ।

अध्यक्ष यादवसहितको टोली जुन ३ तारिखमा स्वदेश फर्कने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप