एउटै ढुङ्गाबाट मालिका मन्दिरको पुनःनिर्माण
बागलुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिरको पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।
एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको बताइएको छ । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।
बागलुङ नगरपालिका–५ मालिका स्थित प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनःनिर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट पहिले गाविसको नाम समेत मालिका राखिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५४ लाख वजेटबाट मालिका भगवती मन्दिर पुनःनिर्माण थालिएको र अहिले मन्दिरको पुनःनिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिको महासचिव खीम सापकोटाले जानकारी दिए । उनले मन्दिरसँगै अन्य थप संरचना गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी एक करोडको संरचना तयार भइरहेको सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण