संसदमा लगातार दोस्रो दिन गृहमन्त्रीको राजीनामा माग, तस्बिरहरु

काठमाडौँ । विपक्षी दलले लगातार दोस्रो दिन पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक अवरुद्ध पारेका विपक्षी दलले बुधबार पनि त्यसलाई निरन्तरता दिएका हुन् ।
बुधबारको बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध गरेका थिए । सोही क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएकामा विपक्षीले होहल्ला सुरु गरेका थिए । त्यसपछि सभामुखले बोल्न दिन या गृहमन्त्रीलाई बोल्न समय दिनआग्रह गरेकामा विपक्षीले नमानेपछि बुधबार पनि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
यसअघि मंगलबार पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने विपक्षीको अडानका कारण आजसम्मका लागि बैठक स्थगित भएको थियो । विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने स्पष्ट पार्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले