शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

अमेरिकामा बच्चा र गर्भवती महिलालाई कोभिड विरुद्धको खोप नलगाइने

बुधबार, १४ जेठ २०८२, १३ : ५७
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.केनेडी जूनियरले स्वस्थ बालबालिका र गर्भवती महिलाहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सिफारिस नगर्ने घोषणा गरे।
  • उनले सीडीसीको सिफारिसमा परिवर्तन भएको बताए तापनि सीडीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गर्यो र केनेडीलाई सम्पर्क गर्न भन्यो।
  • स्वास्थ्य विज्ञहरूले ६ महिनाभन्दा माथिका सबैलाई बुस्टर डोज लिन सल्लाह दिइरहेका छन्, तर केनेडीले वैज्ञानिक तथ्याङ्क बिना नै खोपको सिफारिसबारे प्रश्न उठाए।

वासिङ्टन डीसी । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.केनेडी जूनियरले मंगलबार एक भिडियो जारी गर्दै स्वस्थ बालबालिका र गर्भवती महिलाहरूलाई अब कोभिड–१९ विरुद्धको खोप लगाउन सिफारिस नगरिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरिएको ५८ सेकेन्डको भिडियोमा केनेडीले यो कुरा बताएका हुन् । 

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को आधिकारिक सिफारिसहरूमा यी परिवर्तन गरिएको उनले बताए । यद्यपि, यस भिडियोमा कुनै पनि सीडीसी अधिकारी उपस्थित थिएनन् । रोचक कुरा त के छ भने सीडीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । उसले उल्टै यस मामिलामा केनेडी र स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्न भनेको छ । 

अमेरिकी स्वास्थ्य विज्ञहरूले अहिलेसम्म ६ महिनाभन्दा माथिका सबै मानिसहरूलाई प्रत्येक वर्ष कोभिड–१९ विरुद्धको बुस्टर डोज लिन सल्लाह दिइरहेका छन् । सीडीसीको सल्लाहकार टोलीको बैठक जुनमा बस्दैछ । यसले यस वर्षको अन्त्यमा कसलाई खोप लगाउने भन्ने निर्णय गर्ने बताइएको छ ।

तर केनेडीले यो बैठक नै कुरेनन् । उनले कुनै स्पष्ट वैज्ञानिक तथ्याङ्क बिना नै हरेक वर्ष बच्चाहरूलाई कोभिड खोप सिफारिस गरिँदै आएको बताए । भिडियोमा, उनीसँगै खाद्य तथा औषधि प्रशासन (एफडीए)का प्रमुख डा.मार्टी मकारी र राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएस)का प्रमुख डा.जय भट्टाचार्य पनि थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप