अमेरिकामा बच्चा र गर्भवती महिलालाई कोभिड विरुद्धको खोप नलगाइने
सारांश
- अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.केनेडी जूनियरले स्वस्थ बालबालिका र गर्भवती महिलाहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सिफारिस नगर्ने घोषणा गरे।
- उनले सीडीसीको सिफारिसमा परिवर्तन भएको बताए तापनि सीडीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गर्यो र केनेडीलाई सम्पर्क गर्न भन्यो।
- स्वास्थ्य विज्ञहरूले ६ महिनाभन्दा माथिका सबैलाई बुस्टर डोज लिन सल्लाह दिइरहेका छन्, तर केनेडीले वैज्ञानिक तथ्याङ्क बिना नै खोपको सिफारिसबारे प्रश्न उठाए।
वासिङ्टन डीसी । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.केनेडी जूनियरले मंगलबार एक भिडियो जारी गर्दै स्वस्थ बालबालिका र गर्भवती महिलाहरूलाई अब कोभिड–१९ विरुद्धको खोप लगाउन सिफारिस नगरिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरिएको ५८ सेकेन्डको भिडियोमा केनेडीले यो कुरा बताएका हुन् ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को आधिकारिक सिफारिसहरूमा यी परिवर्तन गरिएको उनले बताए । यद्यपि, यस भिडियोमा कुनै पनि सीडीसी अधिकारी उपस्थित थिएनन् । रोचक कुरा त के छ भने सीडीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । उसले उल्टै यस मामिलामा केनेडी र स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्न भनेको छ ।
अमेरिकी स्वास्थ्य विज्ञहरूले अहिलेसम्म ६ महिनाभन्दा माथिका सबै मानिसहरूलाई प्रत्येक वर्ष कोभिड–१९ विरुद्धको बुस्टर डोज लिन सल्लाह दिइरहेका छन् । सीडीसीको सल्लाहकार टोलीको बैठक जुनमा बस्दैछ । यसले यस वर्षको अन्त्यमा कसलाई खोप लगाउने भन्ने निर्णय गर्ने बताइएको छ ।
तर केनेडीले यो बैठक नै कुरेनन् । उनले कुनै स्पष्ट वैज्ञानिक तथ्याङ्क बिना नै हरेक वर्ष बच्चाहरूलाई कोभिड खोप सिफारिस गरिँदै आएको बताए । भिडियोमा, उनीसँगै खाद्य तथा औषधि प्रशासन (एफडीए)का प्रमुख डा.मार्टी मकारी र राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएस)का प्रमुख डा.जय भट्टाचार्य पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण