भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: पराजुली
सारांश
- रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
- उनले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन्।
- सांसद पराजुलीले सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने बताए।
काठमाडौँ । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान गर्न नपाउने हो कि भन्ने आशङ्का उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको स्पष्ट पारे ।
सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए ।
सांसद पराजुलीले आफूहरूको माग यथावत् रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण