ट्रम्प प्रशासनबाट बिदा हुँदै एलन मस्क

काठमाडौँ । अर्बपति एलन मस्कले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् ।
'विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च घटाउने अवसरको लागि धन्यवाद दिन चाहन्छु,' उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।
उनले समयसँगै डज नामको सरकारी निकाय अझ बलियो हुँदै जाने र खर्च कटौती सरकारको जीवनशैली बन्ने विश्वास व्यक्त पनि गरेका छन् ।
मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो ।
‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिइएको थियो । ट्रम्पले राष्ट्रपति पद सम्हालेको जनवरी २० को सुरुदेखि गन्दा उनले मेको अन्त्यतिर त्यो सीमा पूरा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनापछि शेखर–गगनबिच भेटवार्ता
-
बढुवा भएका ११ डीआईजीको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ? (सूचीसहित)
-
बजेट कस्तो आयो ? यसले वर्तमान आर्थिक चुनौती समाधान गर्ला ?
-
गाजामा युद्धविराम लागु गर्नेबारे के भन्छन् पूर्व अमेरिकी विशेष दूत ?
-
नेपाल एमेच्योर ओपन गल्फको ११औँ संस्करणमा पाँच राष्ट्रका खेलाडी सहभागी
-
निजी विद्यालयमा नेपाली बोल्दा कारबाही र जरिवाना नगर्न सर्वोच्चको अन्तरिम आदेश