ट्रम्प प्रशासनबाट बिदा हुँदै एलन मस्क
काठमाडौँ । अर्बपति एलन मस्कले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् ।
'विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च घटाउने अवसरको लागि धन्यवाद दिन चाहन्छु,' उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।
उनले समयसँगै डज नामको सरकारी निकाय अझ बलियो हुँदै जाने र खर्च कटौती सरकारको जीवनशैली बन्ने विश्वास व्यक्त पनि गरेका छन् ।
मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो ।
‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिइएको थियो । ट्रम्पले राष्ट्रपति पद सम्हालेको जनवरी २० को सुरुदेखि गन्दा उनले मेको अन्त्यतिर त्यो सीमा पूरा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण