शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

राजावादीले शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्दै

बिहीबार, १५ जेठ २०८२, १० : २५
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • राजधानीको शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले बिहीबार प्रदर्शन गर्ने भएका छन्।
  • संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग सहित आन्दोलन हुनेछ।
  • राप्रपा र राप्रपा नेपाल लगायतका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरू 'संयुक्त जनआन्दोलन समिति' मा आवद्ध छन्।

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन तय गरेको हो। 

समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप