शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्छ : सुवेदी

बिहीबार, १५ जेठ २०८२, १२ : ०९
बिहीबार, १५ जेठ २०८२

काठमाडौं । वर्तमान व्यवस्था विरोधी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले वर्तमान राष्ट्रिय परिस्थिति गम्भीर बनेको भन्दै सबै दल र समूहलाई स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्।

संयुक्त जनआन्दोलन समितिको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा सुवेदीले देशमा विद्यमान चौतर्फी संकट सतही प्रयासले समाधान नहुने बताए । 'राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एकजुट हुन जरुरी छ,' विज्ञप्तिमा उल्लेख छ।

उनले सनातन हिन्दु अधिराज्य सहित संवैधानिक राजसंस्थाको पुनर्स्थापना र बहुदलीय प्रजातन्त्रको पक्षमा व्यापक जनसमर्थन रहेको दाबी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत सम्पूर्ण दलहरूलाई राष्ट्रिय हितमा एकजुट हुन आग्रह समेत गरेका छन्।

'हाम्रो लक्ष्य मूलतः शान्ति र समृद्धि नै हो,' सुवेदीले बताएका छन्, 'नवीन समझदारीको आधारमा सबै विचार र संस्थालाई अटाउने साझा अभियान आवश्यक छ।'

सुवेदीले भावी सन्ततिका लागि कस्तो नेपाल छोड्ने भन्ने गम्भीर प्रश्न उठाउँदै, राष्ट्र र प्रजातन्त्र जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप