अब दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्छ : सुवेदी
काठमाडौं । वर्तमान व्यवस्था विरोधी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले वर्तमान राष्ट्रिय परिस्थिति गम्भीर बनेको भन्दै सबै दल र समूहलाई स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्।
संयुक्त जनआन्दोलन समितिको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा सुवेदीले देशमा विद्यमान चौतर्फी संकट सतही प्रयासले समाधान नहुने बताए । 'राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एकजुट हुन जरुरी छ,' विज्ञप्तिमा उल्लेख छ।
उनले सनातन हिन्दु अधिराज्य सहित संवैधानिक राजसंस्थाको पुनर्स्थापना र बहुदलीय प्रजातन्त्रको पक्षमा व्यापक जनसमर्थन रहेको दाबी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत सम्पूर्ण दलहरूलाई राष्ट्रिय हितमा एकजुट हुन आग्रह समेत गरेका छन्।
'हाम्रो लक्ष्य मूलतः शान्ति र समृद्धि नै हो,' सुवेदीले बताएका छन्, 'नवीन समझदारीको आधारमा सबै विचार र संस्थालाई अटाउने साझा अभियान आवश्यक छ।'
सुवेदीले भावी सन्ततिका लागि कस्तो नेपाल छोड्ने भन्ने गम्भीर प्रश्न उठाउँदै, राष्ट्र र प्रजातन्त्र जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण