एमालेले पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनायो
बिहीबार, १५ जेठ २०८२, १४ : ०१
काठमाडौँ । नेकपा एमालेले गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनाएको छ ।
गणतन्त्र दिवसका अवसरमा एमालेले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्यालीको आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु भएको र्याली विभिन्न स्थान हुँदै रत्नपार्क पुगेर समापन भएको थियो । गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिक्रियावादी तत्त्वहरूले गणतन्त्रलाई चुनौती दिन खोजेका बेला एमालेले उत्सवका रूपमा मनाएको भन्दै उनले यसलाई कब्जाको भाषाका रूपमा नबुझ्न आग्रह गरे ।
र्यालीका क्रममा ‘गणतन्त्र जिन्दाबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, लगायतका नारा लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण