सार्वजनिक संस्थानको नाफा ४२ अर्ब ६२ करोड, १५ वटा नोक्सानमा
_K7Lct6KCBw.jpg)
काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८०/८१ मा नाफा ४२ अर्ब ६२ करोड नाफा कमाएका छन् । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफा रहँदा सो बराबरको नाफा आर्जन भएको हो । १५ वटा संस्थान नोक्सानमा हुँदा २ वटा बन्द अवस्थामा रहेका छन् ।
कल संस्थानमध्ये जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् । यी संस्थानले आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ६० अर्ब १५ करोड सञ्चालन आय गरी गरेका छन् ।
यो अघिल्लो वर्ष तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ (तस्बिरहरू)
-
बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गरियो : डा. भट्टराई
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री
-
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
-
टूथब्रसले खोल्यो श्रीमानले धोका दिइरहेको पोल