औद्योगिक क्षेत्रका १० मध्ये ९ संस्थान नोक्सानमा, कसको कति ?
काठमाडौं । औद्योगिक क्षेत्रका १० मध्ये ९ वटा सार्वजनिक संस्थान नोक्सानमा गएका छन् । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो । यो वर्ष जनकपुर चुरोट कारखाना मात्रै नाफामा देखिएको छ ।
यो क्षेत्रले यस अवधिमा १ अर्ब ४४ करोड ८ लाख रुपैयाँ नोक्सानी रहेको देखिएको छ । यसमध्ये दुग्ध विकास संस्थान २३ करोड २२ लाख, जडिबुटी उत्पादन कम्पनी ४ करोड ६६ लाख, हेटौंडा सिमेन्ट ३३ करोड ४१ लाख, नेपाल औषधि कम्पनी ८ करोड ८९ लाख, उदयपुर सिमेन्टको १८ करोड २१ लाख, नेपाल ओरियन्ड एण्ड म्याग्नेसाइटको ५१ करोड ७८ लाख, बुटवल धागो कारखानाको ३ करोड ३९ लाख, नेपाल मेटल कम्पनीको ६० लाख र धौवादी फलाम कम्पनीको १० लाख रुपैयाँ नोक्सानी रहेको छ ।
नाफामा रहेको जनकपुर चुरोट कारखानाको नाफा २२ लाख रुपैयाँ रहेको छ समीक्षामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण