शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
अर्थ

औद्योगिक क्षेत्रका १० मध्ये ९ संस्थान नोक्सानमा, कसको कति ?

बिहीबार, १५ जेठ २०८२, १४ : ३४
बिहीबार, १५ जेठ २०८२

काठमाडौं । औद्योगिक क्षेत्रका १० मध्ये ९ वटा सार्वजनिक संस्थान नोक्सानमा गएका छन् । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो । यो वर्ष जनकपुर चुरोट कारखाना मात्रै नाफामा देखिएको छ । 

यो क्षेत्रले यस अवधिमा १ अर्ब ४४ करोड ८ लाख रुपैयाँ नोक्सानी रहेको देखिएको छ । यसमध्ये दुग्ध विकास संस्थान २३ करोड २२ लाख, जडिबुटी उत्पादन कम्पनी ४ करोड ६६ लाख, हेटौंडा सिमेन्ट ३३ करोड ४१ लाख, नेपाल औषधि कम्पनी ८ करोड ८९ लाख, उदयपुर सिमेन्टको १८ करोड २१ लाख, नेपाल ओरियन्ड एण्ड म्याग्नेसाइटको ५१ करोड ७८ लाख, बुटवल धागो कारखानाको ३ करोड ३९ लाख, नेपाल मेटल कम्पनीको ६० लाख र धौवादी फलाम कम्पनीको १० लाख रुपैयाँ नोक्सानी रहेको छ । 

नाफामा रहेको जनकपुर चुरोट कारखानाको नाफा २२ लाख रुपैयाँ रहेको छ समीक्षामा उल्लेख गरिएको छ ।

495263736_1375723706813618_8639363216584943295_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप