वृद्ध भत्ताको उमेर ७० वर्ष कायम
बिहीबार, १५ जेठ २०८२, १६ : २७

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धभत्ताकाे उमेर बढाएर ७० वर्ष पुर्याइएको हो ।
सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गर्दै सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइएको हो । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले घोषणा गरे ।
साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
-
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
-
निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की
-
आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी