संसद्
प्रतिनिधिसभाको क्यालेन्डर बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
शुक्रबार, १६ जेठ २०८२, १३ : ३०
सारांश
- प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा जारी छ। बैठकले जेठ २० देखि मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउनेछ।
- सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकबारे जानकारी दिए।
- सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाक्षिक क्यालेन्डर बनाउनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण