संसद्
प्रतिनिधिसभाको क्यालेन्डर बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
शुक्रबार, १६ जेठ २०८२, १३ : ३०

समाचार सारांश
- प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा जारी छ। बैठकले जेठ २० देखि मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउनेछ।
- सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकबारे जानकारी दिए।
- सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाक्षिक क्यालेन्डर बनाउनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
पोखराबाट काठमाडौँ आउने ९ सय यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ
-
चन्द्रकला किरण : नेपालकी प्रथम महिला सचिव
-
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा
-
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकोमा नाट्टाको असन्तुष्टि
-
शिक्षा समितिद्वारा मदन भण्डारी विश्वविद्यालयको स्थलगत अवलोकन