शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश हिमालयको ७५ प्रतिशत हिउँ पग्लिने चेतावनी
सारांश
- हिन्दुकुश हिमालयका हिमनदीहरूले २ अर्ब मानिसलाई पानी दिन्छन्। तापक्रम २ डिग्री सेल्सियस बढे ७५ प्रतिशत हिउँ पग्लिने अध्ययनले देखाएको छ।
- २०१५ को पेरिस सम्झौताअनुसार १.५ डिग्री सेल्सियसमा तापक्रम सीमित गर्दा हिमालय क्षेत्रको ४०-४५ प्रतिशत हिउँ जोगाउन सकिन्छ। हालको नीतिले २.७ डिग्री सेल्सियस तातिए २५ प्रतिशत हिउँ मात्र बच्नेछ।
- युरोपका आल्प्स, अमेरिका र क्यानडाका रकी पर्वतहरू र आइसल्यान्ड सबैभन्दा बढी प्रभावित हुनेछन्। स्क्यान्डिनेभियामा सबै हिउँ हराउन सक्नेछ।
काठमाडौँ । हिन्दुकुश हिमालयका हिमनदीहरूले करिब २ अर्ब मानिसहरूको जीवन रेखाका रूपमा रहेका नदीहरूलाई पानी दिन्छ । विश्वव्यापी तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने यस शताब्दीको अन्त्यसम्ममा त्यहाँको ७५ प्रतिशत हिउँ पग्लिन सक्ने एक अध्ययनको प्रतिवेदनले भनेको छ ।
२०१५ को पेरिस सम्झौतामा निर्णय गरिएअनुसार विश्वले तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्याे हिमालय र काकेशस क्षेत्रहरूको ४०–४५ प्रतिशत हिमनदीका हिउँ बचाउन सकिने प्रतिष्ठित जर्नल साइन्समा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।
हालको जलवायु नीतिहरू जारी रहे र विश्व अरू २ दशमलव ७ डिग्री सेल्सियस तातियो भयो भने विश्वभरको २५ प्रतिशत बरफ मात्र बच्न सक्ने बताइएको छ ।
कुन–कुन क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ?
युरोपका आल्प्स, अमेरिका र क्यानडाका रकी पर्वतहरू र आइसल्यान्ड सबैभन्दा बढी प्रभावित हुनेछन् । यी क्षेत्रहरूमा लगभग सबै बरफ पग्लन सक्नेछन् । तापक्रममा दुई डिग्री बढ्दा २०२० को तुलनामा यिनीहरूमा केवल १०–१५ प्रतिशत हिउँ मात्रै बाँकी रहनेछ ।
स्क्यान्डिनेभिया झनै खराब अवस्थामा हुनेछ । यहाँको सबै हिउँ हराउन सक्ने छ ।
हामीले १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य हासिल गर्याैं भने विश्वव्यापी रूपमा अवस्थित हिउँको ५४ प्रतिशत जोगाउन गर्न सकिने अध्ययनले भन्छ । सबैभन्दा संवेदनशील चार क्षेत्रहरूमा २०–३० प्रतिशत हिउँ जोगाउन सकिने बताइएको छ ।
१० देशका २१ वैज्ञानिकहरूले यो अध्ययनमा सँगै काम गरेका थिए । उनीहरूले २ लाख वटा हिमनदीहरूको डेटा लिएर ८ फरक हिमनदी मोडेलहरूबाट फरक फरक तापक्रममा यी हिमनदीमा कति हिउँ रहनेछ भने अनुमान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण