कर्णालीको जडीबुटी वन अधिकारीहरूकाे मिलेमतोमा चोरी, पैठारी हुने गरेको मुख्यमन्त्रीको दाबी
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी हुने गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने,‘सबैले जडीबुटीको राजधानी कर्णाली भन्छन्, तर खोज्दा कहीँ नपाउने हुन्छ । जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा म भन्दा बढी तपाईंहरु नै जानकार हुनुहुन्छ । ‘म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईंहरु त वर्षौँदेखि सिफारिस गरिरहनु भएको छ ।’
उनले कर्णालीमा पाइने जडीबुटी कागजमा थोरै ट्रकमा धेरै जाने गरेको समेत बताए । मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको दाबी गरे ।
प्रहरी र वन कार्यालयहरूले कहिलेकाहीँ नियन्त्रणमा लिने गरेको भएपनि मिलेमतोमा फर्काइने गरेको समेत मुख्यमन्त्री कँडेलले बताए ।उनले व्यक्ति व्यक्तिकाबिचमा समस्या सुल्झाउने प्रयत्न गरिए व्यक्तिका लागि सजिलो हुने भएपनि समाज र राष्ट्रका लागि घातक हुने बताए ।
यस्ता किसिमका गतिविधिहरूले सरकारी संरचना कमजोर हुने र व्यक्तिका ढुकुटी भरिँदै जाने समेत मुख्यमन्त्री कँडेलले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण