आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

रौतहटको मिठुअवामा खेल मैदान बन्ने

शुक्रबार, १६ जेठ २०८२, १६ : १०
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवामा खेलकुद मैदान बन्ने भएको छ ।

मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा राधाकृण्डा माध्यामिक विद्यालयको नजिकै खाली जग्गामा खेलकुद मैदान बनाउन लागिएको हो । 

मन्त्रालयको सामाजिक विकास इकाइले मैदान निर्माणका लागि २५ लाख रूपैयाँ विनियोजन गरेको उपभोक्ता समिति अध्यक्ष दीपेन्द्रकुमार पासवानले जानकारी दिए ।

खाली जग्गामा कम्पाउण्डले धेरेर सम्यायर खेलकुद मैदान बनाइने पासवाले जानकारी दिए मैदानको नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले शिलान्यास गरे । 

खाली जग्गाको संरक्षण गर्ने र खेलकुदको विकास गर्ने उद्धेश्यले मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप