३२ हजार अमेरिकी डलर सहित चिनियाँ नागरिक काठमाडौं विमानस्थलबाट पक्राउ
शुक्रबार, १६ जेठ २०८२, १७ : २२
काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ हजार ४ सय अमेरिकी डलरसहित एक चिनियाँ व्यक्ति पक्राउ परेका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन लिउलाई प्रहरीले पक्राउ गरेको हो ।
एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण