आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

३२ हजार अमेरिकी डलर सहित चिनियाँ नागरिक काठमाडौं विमानस्थलबाट पक्राउ

शुक्रबार, १६ जेठ २०८२, १७ : २२
शुक्रबार, १६ जेठ २०८२

काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ हजार ४ सय अमेरिकी डलरसहित एक चिनियाँ व्यक्ति पक्राउ परेका छन्। 

शुक्रबार अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन लिउलाई प्रहरीले पक्राउ गरेको हो ।

एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप