प्रहरी प्रशासन
अख्तियारमा डीआईजी ओम रानाको पदस्थापन, हिमालय श्रेष्ठको सरुवा
शुक्रबार, १६ जेठ २०८२, १७ : ४१

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ।
- गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा राना सहित ११ जनालाई बढुवा गर्ने निर्णय गरेका थिए।
- हिमालय कुमार श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले बढुवा गर्ने निर्णय गरेका थिए ।
गृह मन्त्रालयले रानालाई अख्तियारमा पदस्थापन गरेर त्यहाँ कार्यरत हिमालय कुमार श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
-
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
-
किसानलाई सहुलियतमा धानको बीउ
-
१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो