इजरायलको निर्देशनपछि उत्तरी गाजामा अन्तिम अस्पताल पनि बन्द
गाजा । उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश त्यहाँको निर्देशकले दिएको बताएका हुन्।
डा. मोहम्मद सलहाले दिएको जानकारी अनुसार ‘दुई हप्ताको घेराबन्दी’ पछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो। उनले भने, ‘अब उत्तरमा कुनै पनि स्वास्थ्य सुविधाहरू सञ्चालनमा छैन।’
इजरायली रक्षा बल (आईडीएफ) बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। युद्धविराम प्रयासहरू चलिरहेका बेला यो घटना प्रकाशमा आएको हो।
हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यानपूर्वक समीक्षा’ गरिरहेको बताएको छ। यस योजनाको बारेमा जानकारी दिँदै ह्वाइट हाउसले इजरायलले यसमा ‘हस्ताक्षर’ गरेको दाबी गरेको छ।
गाजामा अहिले पनि इजरायलको सैन्य कारबाही जारी छ। गाजामा रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण