चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो

रुकुमपश्चि । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाएको छ । गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौँ पठाइएको हो । वडा कार्यालयको सहजीकर लसुन काठमाडौँ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लािग काठमाडौँ पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।
किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो रु १२५, ‘बि’ ग्रेडलाई रु १०५ र ‘सि’ ग्रेडलाई प्रति किलो रु ६० मा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट बिक्रीबाट रु डेड करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण