उपेन्द्र यादव मलेसिया प्रस्थान
शनिबार, १७ जेठ २०८२, १७ : २०
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव शनिबार मलेसिया प्रस्थान गरेका छन् । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
साथै, उनले विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्। मलेसियामा रहेका प्रवासी नेपालीहरूसँग पार्टीको सम्बन्ध विस्तार गर्नुका साथै उनीहरूको समस्याबारे जानकारी लिने उद्देश्यले यो भ्रमण तय गरिएको जनाइएको छ।
अध्यक्ष यादवको यो भ्रमणले प्रवासी नेपालीसँगको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिएको छ। उनको यो भ्रमण आगामी जेठ २० गतेसम्म रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण