गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती

समाचार सारांश
- माओवादी सांसद सुदन किरातीले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदलाई लडाइँको मैदान बनाउने चेतावनी दिए।
- उनले सरकारले मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै विश्वमा नेपालको छवि बिगारेको बताए।
- किरातीले माओवादीले भ्रष्टाचारको विरोध गर्दा नैतिक संकट भोग्नुपरेको र अब आफ्नै खुट्टामा उभिनुपर्ने बताए।
धनकुटा । माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वसामु नेपालीको छवि धमिलो भएको बताएका हुन् ।
किरातीले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको छ । गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौँ ।’
उनले माओवादीले जुन पाइला सारे पनि खुकुरीको धारमा नै टेक्नु पर्ने अवस्था रहेको जिकिर गरे । उनले भने, ‘भ्रष्टाचारको विरोध गर्दा संसद्मा राजावादीसँग उभिनु पर्दा पिडा हुन्छ । कथित राजावादीको विरोध गर्दा भ्रष्टाचारीहरूसँग उभिनु पर्दा झन् पीडा हुन्छ । राजनैतिक र नैतिक रूपमा हामी माओवादीलाई निक्कै सङ्कट छ । किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ । भ्रष्टाचार हाम्रो शत्रु हो । त्यसैले भ्रष्टाचार हामी सहन सक्दैनौँ ।’
उनले अब माओवादी आफ्नै खुट्टामा खडा हुनुपर्ने बताउँदै एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्ने जिकिर गरे । उनले सँगसँगै भ्रष्टाचारीहरूको भण्डाफोर गर्दै जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
-
जेठ १९: दरबार हत्याको २४ औँ स्मृति दिवस
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार